कांग्रेस महाधिवेशनमा पत्रकारमाथि ज्यादती भएको महासंघको ठहर
भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको समाचार संकलन गर्न मतदानस्थल पुगेका पत्रकारहरुमाथि प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
मतदानस्थलको फोटो खिच्न गएका पत्रकारहरुलाई भित्र पस्न नदिएर निर्वाचन समितिले प्रहरी लगाएर दुर्व्यवहार गरेको भन्दै महासंघले आपत्ति जनाएको हो । महासंघले आज जारी गरेको विज्ञप्तिमा समाचार संकलनका लागि सहज बनाइनुपर्नेमा उल्टै व्यवधान गरेर काँग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको ठहर गरिएको छ ।
‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यसप्रकारका व्यवहार र व्यवधान हुनु आँफैमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’, विज्ञप्तिमा भनिएको छ ।
महासंघले निर्वाध रुपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरणको बनाइ प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि माग गरेको छ ।
टिप्पणीहरू