काँग्रेस महाधिवेशन : देउवाको अग्रता कायमै, ३५९ भोटले अगाडि
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा हिजो भएको मतदानको मतगणना भइरहेको छ । आज बिहान ४ बजेबाट भएको सभापति पदको मतगणनामा ३२८२ भोट सकिएको छ ।
अहिलेसम्म प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १५५६ शेखरप्रसाद कोइरालाले ११९७, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिलिे २०१ र कल्याण गुरुङले १७ मत प्राप्त गरेका छन् ।
४४ मत बदर भएको छ । अब करिब १५ सय मत गन्न बाँकी रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू