ओमिक्रोनले खोपको प्रभावकारिता घटायो : डब्लुएचओ

ओमिक्रोनले खोपको प्रभावकारिता घटायो : डब्लुएचओ

ओमिक्रोन भाइरस डेल्टाभन्दा बढी संक्रामक भएकाले यसले विद्यमान खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

यो वर्षको प्रारम्भमा भारतमा फेला परेको डेल्टा भेरिएन्ट केही महिना अघिसम्म निकै संक्रमित मानिएको थियो । तर, करिब दुई महिनाअघि अफ्रिकामा नयाँ भेरिएन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको हो । नयाँ भेरिएन्ट ओमिक्रोनको उत्परिवर्तनदर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन् ।

डब्लूएचओका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरिएन्ट ६३ देशमा फैलिइसकेको छ । सबैभन्दा पहिले देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमणदर तीव्र रुपमा बढेको छ । ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकीलगायत विश्वका केही देशमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

टिप्पणीहरू