काँग्रेसको अर्को चुनाव दिउँसो १२ बजे,नेता तथा कार्यकर्ता तितरबितर

काँग्रेसको अर्को चुनाव दिउँसो १२ बजे,नेता तथा कार्यकर्ता तितरबितर

नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा भएको निर्वाचनमा सभपतिका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुन लागेको छ । चुनाव अहिले १२ बजे शुरु हुने तयारी छ ।

अब प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । विजयी हुन जम्मा ८२ मत अपुग भएका देउवालाई अन्य उम्मेदवार विमलेन्द्र निधि वा प्रकाशमान सिंहको समर्थन आवश्यक देखिन्छ । कोइरालालाई पनि निधि र सिंह दुबैको समर्थनको जरुरत देखिएको छ ।

यता, प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन सुुनिश्चित गर्न सिंह र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग वार्ता र छलफल अघि बढाउनुभएको छ । अहिले पौडेल, देउवा र कोइराला सबै जनाबीच लैनचौरस्थित ब्याङ्क्वेटमा चियापान चलिरहेको छ । स्रोतका अनुसार पौडेल समूहले देउवालाई समर्थन गर्ने सम्भावना बढेको हो ।

अर्कोतर्फ प्रकाशमानले देउवालाई समर्थन गर्ने सम्भावना नदेखिएको बताइन्छ । तर ठूलै पदको अफर भएमा उक्त सम्भावना उल्टिने स्थिति समेत आज बिहान गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटघाटपछि बनेको स्रोतको दाबी छ । सिंहलाई पार्टीभन्दा सत्तातिर आकर्षण गराइएको पार्टीभित्रका देउवा इतरहरुको भनाइ छ ।

विमलेन्द्र निधिले भने कुनै पनि हालतमा प्रधानमन्त्रीलाई समर्थन नगर्ने अवस्था कायम छ ।

टिप्पणीहरू