काँग्रेसको पुनः निर्वाचन ३ बजे, अन्तर्मनको आवाज सुनेर भोट हाल्न शेखरको आग्रह
नेपाली काँग्रेसको सभापतिको निम्ति भएको निर्वाचनको पुनः मतदान आजै दिउँसो ३ बजे हुने भएको छ । सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेका छन् ।
सभापतिमा पहिलो चरणको निर्वाचनपछि आएको मत परिणामको समीक्षा गर्न आज दिउँसो बसेको कोइराला समूहको बैठकले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको हो ।
सभापतिका अर्का उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेता तथा सभापतिको निम्ति पहिलो चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
इतर समूहले सहयोग नगरे पनि कोइरालाले चुनावबाटै ‘फाइनल’ हुने निर्णय गरेका हुन् । उनले अन्तर्मनको आवाज सुनेर भोट हाल्न कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई अपिल समेत गरेका छन् ।
टिप्पणीहरू