त्रिभुवन विश्वविद्यालयले डेढ दर्जन विद्यार्थीलाई सम्मान गर्ने
त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट १९ जना विद्यार्थीलाई सम्मान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले पुस ५ गते हुने ४७ औं दीक्षान्त समारोहमा उत्कृष्ट भइ पदक तथा पुरस्कार पाउने विद्यार्थीहरुको नामावली आज सार्वजनिक गरेको छ ।
विभिन्न शीर्षकका स्वर्ण पदक, चान्सलर पदकलगायत पदकबाट विभिन्न तह, विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल १९ विद्यार्थीलाई सम्मानित गर्न लागिएको हो ।
सार्वजनिक सूचनाअनुसार २७ शीर्षकका पदक तथा पुरस्कारमा कतिपय विद्यार्थी दोहोरिएको कारण १९ जना विद्यार्थीको नाम परेको हो ।
पदक प्राप्त तथा पुरस्कृत विद्यार्थीहरुलाई विश्वविद्यालयले दीक्षान्त समारोहमा दीक्षित एवम् पुरस्कृत गर्न लागेको हो ।
पदक तथा पुरस्कृत विद्यार्थीहरुको नाम छुट भएममा पर्सि पुस १ गतेभित्र प्रमाणसहित आवेदन दिन पनि आग्रह गरिएको छ ।
टिप्पणीहरू