घरमै आएर आग्रह गर्नुभयो : विमलेन्द्र निधि

घरमै आएर आग्रह गर्नुभयो : विमलेन्द्र निधि

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनको पहिलो चरणमा सभापति पदको उम्मेदवारबाट बाहिरिएका विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई आह्वान गरेका छन् ।

आफ्नो घरमै आएर समर्थन मागेकाले देउवालाई सघाउने निर्णयमा आफू पुगेको निधिले बताएका छन् । दोस्रो चरणको मतदानअघि विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु ।’उनले पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिँदै अब देउवालाई भोट हाल्न भनेका छन् ।

टिप्पणीहरू