डेनमार्ककी पूर्वमन्त्री जेल चलान

डेनमार्ककी पूर्वमन्त्री जेल चलान

डेनमार्ककी पूर्व अध्यागमनमन्त्री इन्गर स्टोजबर्गलाई ६० दिनको जेल सजाए सुनाइएको छ । सन् २०१६ मा विवाहित शरणार्थी जोडीहरूलाई जबरजस्ती अलग गर्ने नीति तर्जुमा गर्न प्रमुख भूमिका खेलेको आरोपमा उनलाई ६० दिनको जेल सजाय सुनाइएको हो ।

उक्त नीतिको चर्को आलोचना भएपछि केही महिना पश्चात् खारेज गरिएको थियो । तर त्यसबीचमा उक्त अध्यागमन नीतिका कारण २३ जोडीलाई असर पुर्याएको थियो ।

स्टोजबर्गले युवतीहरूलाई वयस्क हुनुअघि नै जबरजस्ती विवाह गर्नबाट जोगाउने प्रयासस्वरुप आफूले उक्त नीति तर्जुमामा योगदान गरेको जिकीर लिँदै आएकी थिइन् । तर त्यहाँको एउटा अदालतले उनको जिकीर अस्वीकार गर्दै उक्त फैसला सुनाएको हो ।

टिप्पणीहरू