भाइको पार्थिव शरीरमा सम्मान व्यक्त गर्दै दाइले भने ‘जय जवान’

भाइको पार्थिव शरीरमा सम्मान व्यक्त गर्दै दाइले भने ‘जय जवान’

भारतीय सेनामा कार्यरत एक जवानले सेनामै कार्यरत आफ्ना भाइको निधनमा सम्मान व्यक्त गर्दै जय जवान भनेका छन् ।

गत साता तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा सेनाका सीडीएस विपिन रावतसँगै ज्यान गुमाएका लेसनायक बी साइ तेजालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा दाजुले त्यसो भनेका हुन् ।

आन्ध्र प्रदेशको चिटोर जिल्लामा अन्तिम संस्कार गर्ने क्रममा तेजाको दाजु चैतन्यले भाइप्रति श्रद्धाको आँसु झार्दै जय जवान र भारत माताकी जय भनेका हुन् । चैतन्य पनि भारतीय सेनामा जवान छन् ।

एक जना जिउँदै

गत साता भएको हेलिकोप्टर दुर्घटनामा १३ जना मारिएका थिए । हेलिकोप्टर चालकको भने अझै अस्पतालमा उपचार भइरहेको छ ।

क्याप्टेन वरुण सिंहको कर्नाटकको राजधानी बैगलुरुस्थित कमाण्ड अस्पातलमा उपचार भइरहेको छ । उनको उपचारको अवस्था बुझ्न त्यहाँका स्वास्थ्य राज्यमन्त्री आरगा झनेन्द्र अस्पताल पुगेका छन् ।

चिकित्सकहरुले उनको अवस्था अझै खतरामुक्त नभइसकेको बताएका छन् । तर स्वास्थ्य अवस्था स्थीर रहेकाले आशावादी रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू