चिनियाँ रेल नेपालतिर गुड्यो
चीनबाट नेपालको निम्ति सामान बोकेको एउटा रेल आज बिहान हिँडेको छ । नेपालको लागि बोकेको सामान हालिएको चिनियाँ रेलको पहिलो डब्बा छिङहाईबाट सिगात्से हुँदै नेपालतर्फ गुडेको हो ।

चीनको रेल सञ्जाल तिब्बतको राजधानी ल्हासादेखि पश्चिम सिगात्सेसम्म फैलिएको छ । सिगात्सेबाट कोदारी नाका नजिकै पर्छ ।
सिगात्सेबाट उक्त रेलमार्ग अब पश्चिमको केरुङसम्म आइपुग्ने क्रममा छ ।
टिप्पणीहरू