भारतले ६ महिनाभित्रमा कोरोनाविरुद्धको खोप ल्याउने

भारतले ६ महिनाभित्रमा कोरोनाविरुद्धको खोप ल्याउने

भारतले अबको छ महिनामा बालवालिकाले लगाउने कोरोनाविरुद्धको खोप सार्वजनिक गर्ने भएको छ । सिरम इन्सटिच्युट अफ इण्डियाले छ महिनाभित्र खोप बनाएर बजारमा ल्याउने दाबी गरेको हो ।

कन्फेडरेशन अफ इन्डियन इन्डष्ट्रीले आयोजना गरेको एक भर्चुअल कन्फ्रेन्समा इन्सटिच्युटका सीईओ अदार पुनावालाले सो कुरा बताएका हुन् । परीक्षणका क्रममा तीन वर्ष र सोभन्दा माथिका बालबालिकालाई नोभाभ्याक्स नामको खोप प्रभावकारी देखिएको उनले जानकारी दिए ।

उनले भने, ‘हाम्रो भ्याक्सिन आगामी ६ महिनामा लन्च हुनेछ । यसको परीक्षण जारी छ र अहिलेसम्म तीन वर्ष र सोभन्दा माथिका बच्चामा परीक्षण गरिएको छ । त्यसको परिणाम राम्रो देखिएको छ ।’

टिप्पणीहरू