जर्मनीको खोप अब नेपालका बालबालिकालाई

जर्मनीको खोप अब नेपालका बालबालिकालाई

जर्मनीले कोभिड १९ महामारीविरुध्द नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन गरी साढे ४१ लाख डोज खोप हस्तान्तरण गरेको छ । कोभ्याक्स सुविधामार्फत उक्त खोप प्राप्त भएको हो ।

जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २ सय ५० डोज खोप प्रदान गरेका छन् ।

मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६ सय ५० डोज पनि काठमाडौं आइपुगेको छ ।

२१ लाख ७६ हजार जोन्सन खोपमध्ये पहिलो खेप नेपाल आएको हो । यसअघि आइतबार १९ लाख ६५ हजार ६ सय डोज खोप आएको थियो ।

टिप्पणीहरू