जटिल जनता, कुटिल हाम्रै नेपाली नेता

  • संकेत कोइराला 

‘म मरेपछि कांग्रेसमा मेरो भूमिकाबारे भ्रम सिर्जना गर्न प्रयास हुनेछ भन्ने पक्का छ । घटनालाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । कांग्रेसमा मैले सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । २००७ सालको क्रान्ति हामीले हिन्दूस्थानबाट सञ्चालन ग¥यौं, तर हामीलाई उसले सञ्चालन गर्न खोजेको कुराको मैले सधैंभरि र सबभन्दा बढी विरोध गरेको छु । राजासँँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा कहिल्यै समर्पण गरिनँ । मेरा यी अडानबारे व्यापक भ्रम सिर्जना हुने सम्भावना देखेको छु । जुन दिन कांग्रेस प्रजातन्त्रका आदर्श छाडेर  केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’

कांग्रेसजनहरू राष्ट्रिय जागरणको नाममा बीपीको फोटोमा माल्यार्पण गर्न व्यस्त छन् । बीपीको फोटोमा जति झुक्न सक्यो उति, २४ क्यारेटको कांग्रेस भइन्छ भन्ने मनोवैज्ञानिक भ्रम छ । गाउँमा खट्नेभन्दा नेतासँग सेटिङमा बस्ने कांग्रेसका दिन जाग्ने गरेको जगजाहेर छ । कुनै कांग्रेस संगठन गरेर गाउँ बस्यो भने नेताको चश्माले ठह¥याउँछ– उसले पार्टी छोडिसक्यो । नेताको हाजिरी नबजाउने कसरी कांग्रेस हुनसक्छ ? नेतालाई भलीभाँती गाली गरेर ठूलो नेता बन्न पाइने विश्वकै अचम्मको पार्टी कांग्रेस हो । गाली गर्नु पुस्तैनी संस्कार हो । शेरबहादुर पनि कुनै बेला आफ्ना अग्रजविरुद्ध मन, वचना, कर्मणा लागेकै हुन् । त्यसैले त भनिन्छ– कम्युनिष्ट बनाउन रोप्नुपर्छ, कांग्रेस आफैं उम्रन्छ । गाली त कांग्रेसमा दिन कटाउने र मानो पचाउने रमाइलो मेसो बन्दै आएको छ । कम्युनिष्टमा यो भाइरस रमाइलो पाराले सरिरहेको छ । 

राजनीतिको खोल ओढेका बुँख्याचाहरूले बीपीका विचारलाई पैतालामा कुल्चिएर उनको फोटोलाई मास्टर कार्ड बनाएका छन् । बीपीको सपना साकार हुँदो हो त यतिबेला यो देशबाट दैनिक १५ सय युवा खाडीतिर भासिने थिएनन् । तिनैले हाड घोटेर पठाएको पैसा चन्दन मानेर रेमिट्यान्सको पूmर्ती लगाउनेहरूले देशको अर्थशास्त्रलाई नर्कशास्त्रमा पु¥याएका छन् । दिनको डेढ अरब आम्दानीको लेखो लाएर बसेका तिनीहरूलाई सरकारको बजेटकै हाराहारीमा भारतसँगको व्यापार घाटाले अलिकति पनि पोल्दैन । यताबाट एउटा सामान पठाउँदा उताबाट आठ गुना सामान ल्याउनुपरेको उल्टो अर्थशास्त्र कसैलाई बिझ्दैन । त्यही कोदोको ढिंडो र खोलेफाँडोबाट छलिन शहर पसेका र कथित भूजा ज्यूनारमा अनुवाद भएकाहरूलाई थाहा हुनुपर्ने हो– अब कोदो, फापर र मस्याङजस्ता कुअन्न मात्र हैन, रेडिमेड छ्याङदेखि जनैसम्मको आपूर्ति छिमेकीबाट हुन थालेको छ । थाहा छैन– यो अवस्थामा आर्थिक समृद्धिको यात्रा कति रहर, कति कहर बन्ने हो ?

सन्कीमा चलेका खाडी देशले कुनै दिन विदेशी कामदार नचाहिने उर्दी गरेका दिन त्यो चुनौती कसरी स्वीकार्ने त्यो सोच कसैमा छैन । खाडीबाट देश भित्रिने पैसाको हिसाव राख्न तँछाड मछाड गर्नेहरू काठको बाकसमा आउने दर्जनौं होनहार युवाहरूको मृत्युप्रति बेखबर छन् । दौरा सुरुवालमा ठाँटिएर हिँड्ने देशका ठूलाहरूले कमाएको पैसा फ्रान्सको वाइन, इटालीको जुत्ता, पाकिस्तानी ज्याकेट, अमेरिकी आइफोन, सिंगापुरको सपिङ अनि सन्तानलाई अमेरिकी र युरोपेली नागरिक बनाउन खर्च हुने, अनि परिवारलाई तातो जाउलो ख्वाउन घर बन्धकी राखेर गएको एउटा मजदूरले हाइड्रोपावरमा लगानी गरिदिए मुखियाहरू उज्यालोमा बस्ने रे ! जुँगामा ताउ लगाएर कमाएकाहरूको पैसाचाहिँ खोटो मोहोर किन ? बीपी, मदन भण्डारीदेखि माक्र्स, लेनिन र माओको मुखुण्डो लाएका दलालहरूले कुनै दिन राजनीतिक नेतृत्वलाई विदेशबाट आएको रेमिट्यान्सबाट २० प्रतिशत कम्युनिष्ट, १० प्रतिशत कांग्रेस र ५ प्रतिशत साना दललाई बुझाउनुपर्ने नियम लगाइदिए भने कसैले आश्चर्य नमाने हुन्छ । 

पद किनबेचको अभ्यासले मानिसलाई सोचको त्यही गन्तव्यमा पु¥याउँछ । बीपीको समाजवादले जनता धरौटी राखेर नेताको विदेशमा उपचार गर्ने किमार्थ सोचेको थिएन । बरु शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा जनताको अधिकार स्थापित गर्ने परिकल्पना गरेको थियो । बीपी प्रतिपादित समाजवादी चिन्तनको अक्षरशः व्याख्या गर्ने इमान्दार प्रयास भए, ६ दशकअघि उनले कल्पना गरेको कृषक कृषि फर्मको मालिक हुन्थ्यो । आईफोनबाट बजार खोज्थ्यो । अनलाईनबाट हिसाव किताव हेथ्र्यो । 

कारखानाको मेसिन बिग्रियो भने गोजीमा रहेको ‘रेडबुक’ ढोगेमा आपैंm मेसिन दुरुस्त हुन्छ भन्ने माओत्सेतुङकालीन भूत प्रचण्ड अवतारमा ब्यूँझाउने अनगिन्ती प्रयास माओवादीबाट नेपालमा भएकै हो । तर विश्वमा आएको मानवीय चेतनाको लहरले माओवादीका ती सबै रहर पानीमा किलो गाडेजस्तै बनाइदियो । मोटाउनु र सुन्निनु एउटै होइन रहेछ भन्ने दीक्षा कार्यकर्तारूपी गोमन साँपले गालामा ठुंग्दा प्रचण्डको चेत खुलेको हुनुपर्छ । 

माघको ठिहीमा पनि कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउने शास्त्रीय राजनीति कम्युनिष्ट हाटमा बिक्न छोडेको छ । राजनीतिमा तीनखाले चरित्र हाबी छ । पहिलो यति जड छ, जो पृथ्वीमा प्रलय आए पनि परिवर्तन हुन चाहँदैन । आफूलाई वेद, कुरान, बाइबल ठान्छ । अर्को छ चिरिच्याँट्ट देखिनु र फेसबुकमा आफ्ना सम्पूर्ण लीला बिस्कुन बनाएर सृष्टि चलाएको भ्रम छर्नु । अर्को छ– इमान्दार छ, सकेको काम पनि गर्छ तर अबोला छ । यी तीनको भेट किमार्थ हुँदैन । बरु फेसबुकेले परिवर्तन नहुने नेता प्रवृत्तिलाई काँधैमा बोकेका छन् । यही व्याकरण नबुझ्दा देश विकासको नारा अन्धाले छामेको हात्तीजस्तै बन्यो ।

अनुत्पादक मोबाइल बोक्नेको महामारीले देशको सामाजिक अर्थशास्त्र ध्वस्त भयो । छिमेकी देशबाट मरिकुच्चे भारी बोकेर आउने ट्रक फर्किंदा फिरफिरेजस्तै बत्तिएर गन्तव्य पुग्ने दृश्य कसैका लागि नौलो होइन । तर भात खाएको र चिया पिएको खबर सोध्न रिचार्ज कार्डमार्पmत अरबौं सिध्याउने संस्कृतिले देशलाई कता लैजान्छ भनेर कसैले सोचेको छैन । हजुरबाको पालादेखिको हलो उही छ । गोरु त छ तर मोबाइल रिचार्ज गर्न गोरुले खाने भुस, चोक्करमा घोटाला गर्न तम्सने गोठालाहरू बढ्दा छन् ।

गोरुले खाने चोक्करमा भ्रष्टाचार भएपछि स्वभावतः गोरु कुपोषणग्रस्त हुने नै भए । तपाईं नै अनुमान गर्नुस् त, सारंगी पेट भएका गोरुले कुन हुतिले हलो तान्नु ? अब त धान रोप्ने समयमा पनि चुनाव, उठाउने समयमा पनि चुनाव भएपछि किसानका लागि कृषिकर्म एकादेशको कथा बन्दै गयो । मोबाइलको सेटजस्तै हलो र गोरु पाल्ने प्रविधिमा पनि नयाँपन आइदिएको भए देशको अनुहार कस्तो हुन्थ्यो होला ? कर्ममा हैन, रहरमा नशा लगाइदिने सरकारी उत्ताउलोपनका कारण देश झन्झन् अधोगतितर्पm लाग्दै छ । समस्या सानो कुरामा छ तर प्राविधिक र अंग्रेजी शब्द घोलेर त्यसलाई बुझिनसक्नुको महाभारत बनाइन्छ । 

संसारका हरेक राज्यले जनतालाई दिने भनेको पानी, बिजुली र सडक हो । यी तीनथोक दिएपछि कसैले जुम्लाको स्याउ कुहिएको समाचार सुन्न पर्दैन । झापाका किसानले धानको बजार नपाएको गीत गाउनु पर्दैन । धान फलाउने र स्याउ फलाउने आपैंmले आप्mनो आवश्यकताको परिपञ्च मिलाउँछन् । वाईवाई चाउचाउ औषधी पसलमा पाइन्छ । रक्सी, बियर र चुरोट तरकारी पसलमा पनि पाइन्छ । यी बस्तुको आपूर्तिलाई बाढी, पहिरो, खडेरी केहीले रोक्दैन । तर खाद्य संस्थानले लैजाने अन्न, आयल निगमको तेल, साल्ट ट्रेडिङको नुन र कृषि सामग्री कम्पनीको मललाई औंसी, पूर्णिमादेखि हाकिमकी छोरीको बिहेले पनि छेक्छ । नातिको पास्नीले पनि बिक्रीमा प्रभाव पार्छ । चाउचाउ र चुरोटको व्यापारिक सोच व्यापारै गरी खाने सरकारका निकायमा चाहिँ किन लागू हुन सक्दैन ? हो यी सवैको  उत्तर हो– भिजन नभएका नेता र नियत ठीक नभएका कर्मचारीको मिलेमतो । 

सत्ता र शक्ति के हो भन्ने विषयमा एउटा महाभारतको प्रसंग । पाण्डुहरू बनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्रले पाएका थिए । हजार हात्ती बराबरको शक्ति पाएपनि उनी अन्धा थिए । राजा हुनुअघिसम्म यो पदलाई उनले पाण्डुहरूको नासोका रुपमा लिएका थिए । तर जब राजाको श्रीपेच पहिरिए, उनलाई आपूmभित्र अर्कै अनौठो र दम्भी भावना जागृत भयो । श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर अत्यन्तै सुहाएको बेलिविस्तार लगाउँथे रे ! अन्धा धृतराष्ट्रले श्रीपेच सुहाएको गर्व गर्नुको पछाडिको रहस्य एउटै हो– सत्ताको सुख । 

निःसन्देह राजनीतिको अन्तिम गन्तव्य भनेकै सत्ता हो । पदले मान्छेलाई महान बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ पनि । श्रीपेचले अन्धा धृतराष्ट्रको कलेजो शान्त त बनायो होला तर शक्तिलाई सनक ठान्दा एउटा वंशकै पतन हुनपुग्यो ।
संसारमा सर्वमान्य सिद्धान्त जन्माउने त्यस्तो सत्पात्र आजसम्म जन्मिएको छैन । न त देवता खोज्न जाने कुनै भक्तले देउता भेटेर ल्याएको कुनै उदाहरण छ । बरु देउताको अस्तित्व खोज्न जानेहरू आपैंm देउतासरह पूज्य बनेका उदाहरण छन् । 

मृत्यु र दुःखको कारण खोज्न निस्किएका राजकुमार सिद्धार्थ गौतम बनेर फर्किए । एउटा सामान्य कार्पेन्टरको सन्तानलाई यस्तै जिज्ञासाले क्राइष्ट बनायो । संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय । मानिसलाई धर्म र बादका नाममा विभक्त त मानिसले गरेको हो । जाडोमा हरेक वाद र धर्मका मानिसलाई न्यानो लुगा र तातो घाम प्यारो हुन्छ । हो, घामको ताप र लुगाको न्यानोचाहिँ धर्म हो । हामीले कोरेको त सम्प्रदायको लक्ष्मणरेखा हो । यस्तो रेखाले सियोको जस्तो जोड्ने नभएर कैंचीले जस्तो टुक्र्याउने काम गर्छ ।

गन्तव्यमा पुग्न एम्बुलेन्सभन्दा शववाहनलाई हतारो हुने देश कुन हो ? कथंकदाचित सामान्य ज्ञानमा यो प्रश्न सोधियो भने दायाँबायाँ नहेरी भने हुन्छ– नेपाल । बिग्रिने र बिग्रन बाँकी केही नरहेको अवस्थालाई मूल्यांकन गर्न नसक्दाको परिणाम हो यो । राजनीतिक बजारमा चलेको ‘नयाँ नेपाल’ को कथित थेगोले मानिसको जीवनशैलीलाई समेत अराजक बनाइदिएको छ । त्यसै त राजधानीको उकुसमुकुस, त्यसमाथि एक अर्काको मानमर्दन गर्दा ठूलो मान्छे होइन्छ भन्ने मानसिकताले सवै तह र तप्काका समुदायमा बास गरेको छ । क्रान्ति भनेको ध्वंश नभई विचारको ताजगी मात्रै हो भन्ने तथ्यलाई कसैले हेक्का राख्न सकेका छैनन् । स्थापित मान्यतालाई भत्काउने, नयाँ पनि रोप्न नसक्ने क्रान्ति त पाखण्डको प्रदर्शन मात्र हो । 

टिप्पणीहरू