ललितपुर महानगरले स्थापना दिवसमा नगद बाँड्ने
ललितपुृर महानगरपालिकाले आज आफ्नो १०३ औ स्थापना दिवस मनाएको छ । हरेक वर्ष पुस २ गते महानगरले स्थापना दिवस मनाउने गरेको छ ।
स्थापना दिवसको अवसर पारेर आजबाट महानगरले कोरोना प्रभावित परिवारजनलाई आर्थिक सहयोग गर्ने भएको बताएको छ । महानगरीय विपद् व्यवस्थापन समितिले कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता वितरण गर्ने निर्णय यसअघि नै गरेको थियो ।
कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई एक लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिइएको छ । यस्तै, भेन्टिलेटर र आईसीयुमा उपचार गरेर निको भएका नगरवासीलाई जनही ६० हजार र कोरोना संक्रमणका कारण अस्पताल भर्ना भई उपचार गराएकालाई बढीमा ३० हजार रुपैयाँ उपलब्ध गराउने योजना महानगरले सार्वजनिक गरेको छ ।
टिप्पणीहरू