सैन्य प्रमुख दुर्घटनाको अनुसन्धान २ हप्तामा सकिने

सैन्य प्रमुख दुर्घटनाको अनुसन्धान २ हप्तामा सकिने

भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतसहित १३ जनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान दुई साताभित्र पूरा हुने भएको छ । दुर्घटनाको छानबिन गर्न रक्षा मन्त्रालयले लगत्तै अनुसन्धान टोली गठन गरेको थियो । वायुसेना अधिकारी एयर मार्शल मानवेन्द्र सिंहको नेतृत्वमा भएको अनुसन्धानमा साक्षीहरूको बयान रेकर्ड गर्ने कार्य भइरहेको बताइएको छ ।

अनुसन्धान टोलीले हेलिकप्टर खसेर आगो लाग्दा दुर्घटनास्थल नजिकै रहेका अधिकांश साक्षीहरूको बयान लिने काम सकेको छ । टोलीले सम्भावित मानवीय त्रुटिलगायत सबै पक्षलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू