कोमल वली दङ्गाली कमरेडहरुको उप-कमाण्डर
नेकपा एमालेले कोमल वलीलाई दाङ जिल्लाका निम्ति सह–इञ्चार्ज तोकेको छ । १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीद्वारा लिस्टमा पारिएकी उनलाई गत मंसिरको २५ र २६ गते भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले सह–इञ्चार्ज तोकेको हो ।
दाङको इञ्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन् । अन्य सह इञ्चार्जमा गंगा सत्गौवा,मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने छन् । उनीहरु सबै केन्द्रीय सदस्य हुन् ।
टिप्पणीहरू