खुल्ला ठाउँमा मुस्लिमहरुको नमाज विवाद सर्वोच्च पुग्यो
भारत,हरियाणा राज्यको गुरुग्राममा बढेको नमाज विवाद सर्वोच्च अदालत पुगेको छ । पूर्वराज्य सभासद् मोहम्मद अदिब राजधानी नयाँ दिल्ली नजिकैको गुरुग्राममा हरेक शुक्रबार खुला ठाउँमा नमाज पढ्न नदिने त्यहाँका मुख्यमन्त्रीको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका हुन् ।
उनले हरियाणाका प्रमुख सचिव सञ्जीव कौशल र त्यहाँका प्रहरी प्रमुख पीके अग्रवालमाथि कारबाहीको माग गरेका छन् । पूर्वराज्य सभासद् अदिबले हरियाणा प्रहरी प्रशासन मुस्लिमहरूलाई हरेक शुक्रबार सार्वजनिक स्थल र चौरमा नमाज पढ्नबाट रोक्नेहरूलाई कारबाही गर्न असफल भएको आरोप पनि लगाएका छन् ।
अदिबले राज्यमा उत्पन्न नमाज पाठसम्बन्धी गतिरोध अन्त्य गर्न २१ सदस्यीय समितिको नेतृत्व गरिरहेका छन् । उनले हरियाणाका अधिकारीहरूको आलोचना गर्दै भनेका छन्, ‘पहिचान भइसकेका गुण्डाहरूविरुद्ध निष्क्रियता’ देखाइयो ।
टिप्पणीहरू