लडाकू जहाजका पार्टपुर्जा अब भारतमै बन्ने

लडाकू जहाजका पार्टपुर्जा अब भारतमै बन्ने

हिन्दुस्तान एरोनटिक्स र भारत इलेक्ट्रोनिक्स लिमिटेडबीच भएको पाँच वर्षीय सम्झौतापछि हवाइजहाजका पार्टपुर्जा र प्रणाली अब भारतमै बन्ने भएको छ ।

हिन्दुस्तान एरोनटिक्स लिमिटेड र भारत इलेक्ट्रोनिक्स लिमिटेडबीच हालै २० प्रकारका हवाइ प्रणालीहरूको विकास र आपूर्तिको लागि सम्झौता गरिएको हो । हिन्दुस्तान एरोनटिक्सले LCA Tejas Mk1A programme को विकास गर्न भारत इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको हो ।

सन् २०२३ देखि २०२८ सम्मको पाँच वर्षमा ती सिष्टम र प्रोग्राम विकास गरिने छ । सम्झौताको मूल्य झण्डै २४ अर्ब भारतीय रुपैयाँ रहेको छ । जसमा Line Replaceable Units (LRUs) को आपूर्ति, उडान नियन्त्रण कम्प्युटरको विकास गरिने छ । LRUs रात्रीकालीन उडानको निम्ति आवश्यक उपकरण हो ।

यी सबै पार्टपुर्जा र प्रणाली बैंगलुरु र हरियाणामा उत्पादन गरिनेछ । भारतमा उत्पादन हुने हवाइजहाजका पार्टपुर्जा र प्रणाली लडाकू विमानमा प्रयोग गरिने छ ।

टिप्पणीहरू