अभद्र व्यवहार गर्ने १२ निलम्बित सांसद धर्नामा

अभद्र व्यवहार गर्ने १२ निलम्बित सांसद धर्नामा

भारतको राज्यसभाका १२ जना सांसद निलम्बन फुकुवाको माग गर्दै धर्नामा बसेका छन् । विपक्षी दलका ती सभासदहरु निलम्बन फुकुवाको निम्ति संसद परिसरमा रहेको महात्मा गान्धीको शालिक अघिल्तिर लगातार धर्नामा बसेका हुन् ।

गत वर्षे अधिवेशनको बैठकमा उनीहरुले संसदीय मर्यादा विपरीतको व्यवहार देखाएको आरोपमा निलम्बन गरिएको सत्ता पक्षको भनाइ छ । संसदीय मर्यादा उल्लंघन गरेकाले उनीहरुलाई अहिलेको हिउँदे अधिवेशनभरको निम्ति निलम्बन गरिएको हो ।

टिप्पणीहरू