हिजो र अस्ति भारतभर बैंक बन्द, एटीएम समेत चलेन
सरकारले गरेको एकांकीपूर्ण निर्णयविरुद्ध भारतीय बैंक कर्मचारीहरुले हिजो र अस्ति दुई दिन मुुलुकभर बैंक बन्द गरेका छन् । उनीहरुको आन्दोलनका कारण अधिकांश स्थानका एटीएम सेवा समेत अवरुद्ध भएको हो ।
आफूहरुको सहमतिबेगर सरकारले एकपक्षीय निर्णय गरेको भन्दै बैंक कर्मचारीहरुले डिसेम्बर १६ र १७ तारिखका दिन भारतमा हड्ताल गर्दा बैंकिङ कारोबार ठप्प भएको छ । सरकारले सार्वजनिक क्षेत्रका बैंकहरुलाई निजीकरण गर्ने निर्णय गरेपछि बैंक कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
नौ वटा बैंकका कर्मचारीहरुको साझा संस्था युनियन फोरम अफ बैंकले आह्वान गरेको दुई दिनको बन्दमा लाखौं कर्मचारी सहभागी भएका थिए । तर,सरकार आफ्नो निर्णयमा अडिग रहेकाले आगामी दिनमा थप आन्दोलन चर्किन सक्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू