भारतको सैन्य सेवामा जान हजारबढी महिला तम्तयार

भारतको राष्ट्रिय सुरक्षा एकेडेमीको परीक्षामा एक हजारभन्दा बढी महिला उम्मेदवार उत्तिर्ण भएका छन् । परीक्षामा झण्डै आठ हजार जना सहभागी थिए । भारतीय सुरक्षा एकेडेमीको इतिहासमा महिलाहरु सहभागी भएको यो पहिलो पटक हो ।

युनियन पब्लिक सर्भिस कमिशनले गत नोभेम्बर १४ मा लिएको परीक्षामा उनीहरुले सफलता हात पारेका हुन् । बुधबार प्रकाशित नतिजाअनुसार १ हजार २ जना उत्तिर्ण भएका छन् । अब उनीहरुको सेवा प्रवेशको निम्ति मेडिकल टेष्टलगायतका परीक्षण गर्न थालिएको छ ।

तीमध्ये १९ जना आगामी वर्षको एनडीए कोर्सको निम्ति छानिने छन् ।

टिप्पणीहरू