भारतले गर्यो ब्यालिस्टिक मिसाइल परीक्षण
भारतले ब्यालिस्टिक मिसाइल ‘अग्नि पी’ को सफल परीक्षण गरेको छ । रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले हिजो ओडिशा तटमा रहेको डाक्टर एपीजे अब्दुल कलाम टापुबाट नयाँ पुस्ताको ‘अग्नि पी’ को सफल परीक्षण गरेको हो ।
अग्नि पी डुअल रिडन्डन्ट नेभिगेसन र मार्गदर्शन प्रणालीका साथै दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलन्ट ब्यालिस्टिक मिसाइल रहेको संगठनले जनाएको छ ।
टिप्पणीहरू