सर्वदलीय अगाडि पाँच दलका नेता छुट्टै बसे
सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।
सर्वदलीय बैठकमा साझा धारणा बनाएर जानेबारे छलफल गर्न गठबन्धनको बैठक बसेको एक नेताले बताएका छन् । संसदको गतिरोध हटाउन र एमसीसीलगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने सो पार्टीले जनाएको छ ।
टिप्पणीहरू