छुरा लागेर २६ वर्षीय युवक ठहरै

छुरा लागेर २६ वर्षीय युवक ठहरै

हिजो राति दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका-६ मा दुई समूहको झडपमा छुरा प्रहार हुँदा स्थानीय २६ वर्षिय रामकुमार सदाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीका अनुसार पौने ८ बजेतिर भएको झडपका क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका निकेश सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको डीएसपी बुढाथोकीले बताए ।

झडपमा संलग्‍नहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले आइतबार दिउँसो गोलबजारमा राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

टिप्पणीहरू