काँग्रेसमा प्रधानमन्त्री पत्नी अगाडि

काँग्रेसमा प्रधानमन्त्री पत्नी अगाडि

नेपाली काँगेसको केन्द्रीय सदस्यको निम्ति भएको निर्वाचनअन्तर्गत महिला केन्द्रीय सदस्यमा प्रधानमन्त्री पत्नी आरजु देउवा अगाडि देखिनुभएको छ । मध्यान्हसम्म १६ सय मत गनिसक्दा आरजु देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि देखिएका हुन् ।

खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा.डिला संग्रौला देखिएकी छन् । १६ सय मत गन्दा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा छन् ।

भुसालले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९ सय ७०, आरजुले ९ सय १, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८ सय ११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७ सय ८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ७ सय ६८ मत पाएका छन् ।

हिजो रातिदेखि मतगणना शुरु भए पनि बीचमा स्थगित भएर आज बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो ।

टिप्पणीहरू