चिट चोर्न नदिएपछि विद्यार्थीले गुरु कुटे, शिक्षकहरुले गरे नपढाउने निर्णय

चिट चोर्न नदिएपछि विद्यार्थीले गुरु कुटे, शिक्षकहरुले गरे नपढाउने निर्णय

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेर घाइते बनाएका छन् । चिट चोर्न नदिइएको भन्दै स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा दिइरहेका विद्यार्थीले सोही क्याम्पसका शिक्षक प्रकाश पुडासैनीलाई कुटेर घाइने बनाएका हुन् ।

उनको बागबजारको मोडल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । तर उनलाई कुटपिट गर्ने विद्यार्थी भने फरार रहेको बताइएको छ । पुडासैनीले आरआर क्याम्पसमा ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यु) पढाउँदै आएका थिए ।

यसैबीच उक्त क्याम्पसका शिक्षकहरुले शैक्षिकस्थलमा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म अध्यापन नगराउने निर्णय गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरेर आक्रमणकारीलाई हदैसम्मको कारबाही नगरेसम्म अध्यापन नगराउने निर्णय गरेका हुन् । साथै घाइते शिक्षकको उपचार गराउन समेत माग गरेका छन् ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले उक्त घटनाको कडा बिरोध गरेका छन् ।

शिक्षकलाई प्रहार गरेर मरणासन्न बनाउने विद्यार्थी कुवेर जेठारा हुन् ।

टिप्पणीहरू