अब बाँदरझुलाको समस्या समाधान होला ?

अब बाँदरझुलाको समस्या समाधान होला ?

अस्तिदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका चितवनको बाँदरझुला संघर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच आज तीनबुँदे सहमति भएको छ । आज उनीहरुबीच माडी नगरपालिका ९, बाँदरझुलाका स्थानीयहरुको विभिन्न माग पूरा गर्ने सहमति भएको हो ।

भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत संकलन र जग्गा नापजाँचको सूचना प्रकाशित गर्ने र लगत संकलनको निवेदन दिएकै दिन जग्गा नापजाँचको निस्सा वितरण गर्ने सहमतिको पहिलो बुँदामा उल्लेख छ ।यस्तै बाँदरझुलामा विद्युतीकरणको काम छिटो अघि बढाउने सहमति समेत भएको छ । विद्युतीकरणका लागि बजेटसमेत विनियोजन भइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत प्राधिकरणलाई अनुरोध गर्ने, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयलगायत सम्बन्धित निकायहरुमा सहयोगका लागि अनुरोध गर्ने सहममतिमा लेखिएको छ ।

यसैगरी सरल, सहज र सुलभ रुपमा खेती गर्नका लागि ट्याक्टर प्रयोग गर्न पाउने वातावरण बनाउन वन तथा वातावरण मन्त्रालयलाई तत्काल पत्राचार गर्ने सहमतिको अर्को बुँदामा उल्लेख छ ।

टिप्पणीहरू