डेढ महिनापछि बाग्मती प्रदेशसभा बैठक बस्दै

डेढ महिनापछि बाग्मती प्रदेशसभा बैठक बस्दै

मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्न नसकेको बाग्मती प्रदेशको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएयता प्रदेशसभा बैठक बस्न सकेको छैन ।

सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे बोलाएको कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गरेपछि दिउँसो १ बजे बैठक बस्ने प्रदेश सचिव कृष्णहरि खडकाले जानकारी दिए ।

टिप्पणीहरू