नाराबाजीबीच प्रहरी अध्यादेश स्वीकृत

नाराबाजीबीच प्रहरी अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले नाराबाजी गरे पनि नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनि राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको यसअघिको नवौँ अधिवेशनका सबै बैठकमा समेत नाराबाजी गरेका थिए । अघिल्लो सातादेखि चालु १०औँ अधिवेशनका बैठकमा पनि उनीहरुले निरन्तर अवरोध गरिरहेका छन् ।

टिप्पणीहरू