बेल्जियममा माओवादी संगठनको अधिवेशन सम्पन्न

बेल्जियममा माओवादी संगठनको अधिवेशन सम्पन्न

नेकपा माओवादी निकट जनप्रगतिशील मञ्च बेल्जियमको १२ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मञ्चको अध्यक्षमा प्रकाश पौडेल र महासचिवमा कल्पना मगरलाई चयन छानेको छ । इञ्चार्जमा जीतबहादुर लामा सर्वसम्मत बनेका छन् ।

त्यसैगरी उपाध्यक्षहरूमा डिल्लीराम भण्डारी, भीम सुवेदी, पवन सुवेदी, मनिश गुरुङ, ठाहिला चामलिङ, निर्मला बजगाई चुनिएका छन् । अधिवेशनले सचिवहरूमा सावित्री भारती, तेज अर्याल, लोकबहादुर नेपाली, सीता दाहाललाई निर्वाचित गरेको हो ।

कोषाध्यक्षमा लक्ष्मी सुवेदी, सह–कोषाध्यक्षमा मखन नेपालीलाई चयन गरेको अधिवेशनले सदस्यहरुमा कर्ण विक, श्याम ढकाल, एडी शेर्पा, रमेश कार्की, सविन न्यौपाने, मिन्ड गुरुङ, गणेश घिमिरे, चित्रबहादुर सिंह, रश्मी न्यौपाने र सुशिला खतिवडालाई निर्वाचित गरेको हो ।

सदस्यहरुमा समिता सुवेदी, दिलबहादुर शेर्बुजा, लक्ष्मी पाण्डे, मनसुवा परियार, रबिन श्रेष्ठ, सुजन ढकाल, कृष्ण सुनार, श्याम बुढा, सरस्वती सुवेदी, साधना बोहोरा र खेम न्यौपाने पनि छानिएका छन् ।

उक्त मञ्च सन् २००१ मा गठन भएको हा । १२ औ अधिवेशनमा प्रमुख अतिथि प्रवास समन्वय समितिका सहइञ्चार्ज लक्ष्मण पन्त हुनुहुन्थ्यो । कार्यक्रममा विशेष अतिथि प्रवास कमिटी अध्यक्ष ओम शर्मा, प्रवास समन्वय समितिका सचिव टिबी पाठक, युरोप अध्यक्ष सुरेन्द्र भुसाल, मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास इञ्चार्ज तथा प्रवास कमिटी सदस्य वीरमान मगरले आफ्ना धारणा राख्नुभएको थियो ।

त्यसैगरी मञ्चका बेलायत अध्यक्ष मानबहादुर, अष्ट्रियाका धर्मराज खतिवडा, नेदरल्याण्डस्का संघर्ष केसी, जर्मनीका गोविन्द भण्डारी, स्पेनका विशाल ढुंगाना, डेनमार्कका महेन्द्र खड्का, जनप्रगतिशील मोर्चाको तर्फबाट मेख गुरुङ, एनआरएन बेल्जियम अध्यक्ष खड्क बहादुर केसी, तमु राष्ट्रिय मुक्ति मोर्चा युरोप इञ्चार्ज मनिश गुरुङ, जनसम्पर्क समिति बेल्जियमका महामन्त्री कमल सिटौला, पोर्चुगलका राज गौतम र स्विट्जरल्याण्डका अच्युत फुयाललगायतको उपस्थिति थियो ।

– इन्दिरा चामलिङबाट

टिप्पणीहरू