केपीले अर्बौंको सम्पत्ति हत्याएको माधवको आरोप
![केपीले अर्बौंको सम्पत्ति हत्याएको माधवको आरोप](https://janaaastha.prixacdn.net/media/albums/madhav_R2I7t0v0vC.jpg)
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले हात पारेको आरोप लगाउनुभएको छ ।
ठूलो त्याग र संघर्षले जोडेको पार्टीको सम्पत्ति र संरचना आँखै अगाडि ओलीले कब्जा गरेको देख्दा मन पोल्ने गरेको पनि उहाँको भनाइ छ ।
समाजवादी प्रेस संगठन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आफूले २०३२ सालदेखि अहिलेसम्म नेकपा एमाले बनाएर हिँडेको तर ओलीकै कारण विद्रोह गर्नुपरेको समेत बताउनुभयो ।
उहाँले कम्युनिष्ट पार्टी र आन्दोलन जोगाउनका लागि एमालेबाट विद्रोह गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।
टिप्पणीहरू