भारतीय अदालतमा बम बिष्फोट
भारत,पन्जाब प्रान्तको लुधियाना शहरस्थित एउटा अदालतमा बम बिष्फोट भएको छ । जसमा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
बम अदालतको बाथरुममा पड्केको हो,जसबाट अदालत भवनको भित्ता भत्किएको छ । बिष्फोटलगत्तै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।
अदालत लुधियाना शहरको मुटुमा डिस्ट्रिक्ट कमिस्नरको कार्यालयनजिकै छ । बिष्फोट कसले गरायो भन्नेबारेमा केही पनि खुलाइएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू