भोलि क्रिसमसको बिदा दिने मन्त्रिपरिषदको निर्णय

भोलि क्रिसमसको बिदा दिने मन्त्रिपरिषदको निर्णय

सरकारले क्रिसमस डेमामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज क्याविनेटका निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको हो ।

इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा भोलि यो पर्व विश्वभर मनाइँदैछ । क्याविनेट बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने क्याविनेटको निर्णय छ ।

प्रवक्ता कार्कीका अनुसार सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने, जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

त्यस्तै, हुलाक वस्तुको महशुल दर र वैदेशिक द्रुत डाक सेवा (इएमएस) को महशुल पुनरावलोकन गर्ने निर्णयसमेत क्याविनेटले गरेको छ ।

टिप्पणीहरू