केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो
गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ । आज अपरान्ह ३ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।
गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने बताइएको छ ।
केन्द्रीय सुरक्षा समितिमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख रहनेछन् ।
टिप्पणीहरू