रत्न तथा आभुषण व्यापारी सिकिस्त, मेडिसिटीबाट बैंकक पुर्याइयो

रत्न तथा आभुषण व्यापारी सिकिस्त, मेडिसिटीबाट बैंकक पुर्याइयो

सुन साहुको रुपमा परिचित व्यवसायी राजेन्द्रलाल श्रेष्ठलाई उपचारार्थ बैंकक लगिएको छ । लामो समयदेखि फोक्सोको व्यथाबाट थलिएका श्रेष्ठलाई हिजोसम्म ललितपुरको मेडिसिटी अस्पतालमा राखेर उपचार गरिएको थियो ।

७० वर्ष उमेर कटेका व्यवसायीलाई आज काठमाडौंबाट एअर एम्बुलेन्समा राखेर बैंकक लगिएको मेडिसिटी अस्पताल स्रोतले बताएको छ । उनलाई अस्पतालदेखि विमानस्थलसम्म एम्बुलेन्समा लगिएको हो ।

यसबीचमा मेडिसिटी अस्पतालमा मात्रै उनको उपचारमा १० लाख रुपैयाँ खर्च गरिएको श्रेष्ठ निकट एक जना सुनचाँदी व्यवसायीले बताए ।

नेपाल रत्न तथा आभुषण संघका सदस्य श्रेष्ठको काठमाडौंको नयाँ सडकस्थित २४ क्यारट नामको सुनचाँदी पसल रहेको उनै व्यवसायीले जानकारी दिए ।

टिप्पणीहरू