पाँचथरमा मानवअधिकार उल्लंघनका घटना बढ्यो, बालयौन दुव्र्यवहार दर्जन बढी

पाँचथरमा मानवअधिकार उल्लंघनका घटना बढ्यो, बालयौन दुव्र्यवहार दर्जन बढी

पाँचथर जिल्लामा पछिल्लो एक वर्षमा २९ वटा मानव अधिकार उल्लंघनका घटना भएको छ । सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्ममा उक्त घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरले बताएको छ ।

जिल्लामा सबैभन्दा धेरै बालिका बलात्कार र बालयौन दुव्र्यवहारका १४ वटा घटना भएका छन् । यस्तै महिलाविरुद्वको हिंसाका घटना चार वटा, यौनहिंसा एउटा, बहुविवाह सात वटा र बलात्कारका दुई वटा घटना भएका छन ।

यो बाहेक भौतिक संरचना क्षतिका एक र राज्यपक्षबाट गिरफ्तारका एउटा घटना भएको इन्सेक जिल्ला प्रतिनिधि सहमान शंकरले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।

इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकका लागि यस्ता घटना अभिलेखीकरण गर्दै आएको छ । जिल्लामा आयोजित वर्ष पुस्तक समीक्षा कार्यक्रममा जिल्लास्थित राजनैतिक दल र सुरक्षा अंगका प्रमुखहरले आगामी दिनमा अधिकार उल्लंघनका घटना हुन नदिन प्रयत्न गर्ने प्रतिबद्वता जनाएका छन् ।

टिप्पणीहरू