राज्यसत्ताकै मिलेमतोमा महिलाको हत्या भएको डा. भट्टराईको आरोप
जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा राज्यसत्ताकै संलग्नताको आशंका गर्नुभएको छ । उहाँले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन आवश्यक छानबिनको समेत माग गर्नुभएको छ ।
निर्मला र नन्कुन्नीको हत्यामा संलग्नलाई कारबाहीको मागसहित गत शुक्रबारदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना बसेकाहरुलाई भेट्दै उहाँले उक्त कुरा बताउनुभएको हो । आन्दोलनकारीहरुसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘आजसम्म घट्नाबारे सत्यतथ्य बाहिर नआउनुले राज्यकै मिलेमतोको आशंका छ ।’
उहाँले उक्त रहस्यमय घटनाबारे छानबिन गर्न पनि माग गर्नुभएको छ । डा. भट्टराईले सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न सरकार पछि हटेकाले अनेक आशंका बढेको उल्लेख गर्नुभएको हो ।
टिप्पणीहरू