जन्मदिन यसरी पनि मनाए हुन्छ नि !
कोभिड १९ का कारण जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै विशुद्वरूपमा नेपाली दाजुभाइ दिदी बहिनीको सहयोगमा सञ्चालन हुँदै आएको बागलुङ सदरमुकामस्थित मानवसेवा आश्रमलाई सहयोग गर्ने क्रम बढेको छ ।
बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारीले आफ्नो ८० औ जन्मदिन र नाति आभाष राजभण्डारीको २२ आंै जन्मदिनको अवसर पारेर आश्रममा रहेकाहरूलाइ एक छाक भोजन गराएर जन्मदिन मनाइएको छ । समाजसेवी राजभण्डारीले आश्रमको निम्ति १ लाख रूपैयाँको अक्षयकोष समेत यसअघि नै राखिसकेका छन् ।
मानवसेवा आश्रममा जेष्ठ नागरिक, महिला, बालबालिका, मानसिक सन्तुलन ठीक नभएका गरि ४५ जनाले आश्रय लिइरहेका छन् । कार्यक्रममा आश्रमका अभिभावक, लालचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सहयोगी मनका धनीले गरेको थोरै सहयोगको कारण पनि आश्रम राम्रोसँग सञ्चालन भइरहेको जानकारी दिइएको छ ।
उनीहरुले सरकारले लाखौं लगानी गरेका संघसंस्था राम्रोसँग सञ्चालन हुन नसकिरहेको समयमा सहयोगी मनका धनीकै भरोसामा मानव सेवा आश्रम सञ्चालन हुनु सकारात्मक पक्ष भएको धारणा राखेका थिए ।
टिप्पणीहरू