डोल्पा सदरमुकाममा सँधै अन्धकार

डोल्पा सदरमुकाममा सँधै अन्धकार

डोल्पाको सदरमुकामलगायत आसपासका क्षेत्रमा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेशिनमा खराबी आएपछि विद्युत अवरुद्ध भएको हो ।

मेशिन मर्मतका लागि बुटवल पठाइएको आयोजना स्रोतले बताएको छ । सो क्षेत्रमा हिउँदयाममा आलोपालो तरिकाले विद्युत सेवा प्रदान गरिँदै आए पनि अहिले समस्या देखिएको हो ।

राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युतमा समस्या हुने बित्तिकै सम्पूर्ण सेवा सेवा बन्द हुने गरेको छ ।

ठूलीभेरी नगरपालिकामा पर्ने दुई सय किलोबाट क्षमताको विद्युत अब कम्तीमा तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युतबाट एक हजार दुई सय ५० घरधुरी बिजुलीका सेवाग्राही छन् ।

टिप्पणीहरू