स्मार्ट लाइसेन्स छाप्न थालियो

स्मार्ट लाइसेन्स छाप्न थालियो

यातायात व्यवस्था विभागले आजदेखि स्मार्ट लाइसेन्स छाप्न थालेको छ । सात महिना अघिदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको छपाइ आजबाट पुनः सञ्चालन गर्न लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पुनः छपाइको सुरुवात गर्नुभएको हो । अबदेखि दैनिक १० हजार थान स्मार्ट लाईसेन्स छाप्ने योजना बनाइएको छ । विभागसँग हाल लाइसेन्स छाप्ने एक मात्र मास प्रिन्टर छ । जुन बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म चलाइन्छ ।

विभागले खरिद गरेको स्मार्ट कार्ड गएको मंसिर पहिलो साता नेपाल आइपुगेको हो । १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी विभागले नेपाल र फ्रान्सको संयुक्त कम्पनी सेल्फलाई ठेक्का दिएको छ । हाल स्मार्ट लाइसेन्स नहुँदा सात लाखभन्दा बढीले रसिदकै भरमा सवारी चलाइरहेका छन् ।

टिप्पणीहरू