बन्दीपुुरको सडकभरि खाना राखिने

बन्दीपुुरको सडकभरि खाना राखिने

अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । बजारमा पुस १६ र १७ गते सडक खानामहोत्सव गर्न लागिएको हो ।

क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

महोत्सवमा खुला आकाशमुनी स्थानीय खानाका परिकारको स्टल राखिने क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सघाउने आयोजकहरुको विश्वास छ ।

‘महोत्सवले बन्दीपुरमा पर्यटकको संख्या बढाउने अपेक्षा राखिएको छ । दुई दिने महोत्सवमा कम्तीमा सात हजार पर्यटक भित्रिने लक्ष्य राखिएको छ,’ प्रधानले भने । हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव हुँदै आएको छ ।

टिप्पणीहरू