बिरामी माओवादी नेतासँग चिनियाँ उपमन्त्रीको भेट,वामपन्थी मिल्न सल्लाह
हाल उपचारको क्रममा चीनको सेनजेनस्थित एउटा अस्पतालमा रहनुभएका नेकपा माओवादी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन झाओले भेट गर्नुभएको छ ।
राजधानी काठमाडौंपछि थाइल्याण्डको राजधानी बैंककमा गरिएको उपचारमा समेत उल्लेख्य प्रगति नभएपछि नेता पुनलाई अघिल्लो महिना चीनको सेनजेन पुर्याइएको थियो । त्यहि क्रममा उपमन्त्री ले हिजो पुनसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा नेपालको समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको हो । सो क्रममा नेपालका वामपन्थी दलहरुलाई एकजुट भएर अघि बढ्न चिनियाँ पक्षले सल्लाह दिएको नेता पुनले जानकारी दिनुभएको छ ।
यता नेता पुनको पार्टीको आठौं महाधिवेशन भइरहेको छ । चीनमा उपचारार्थ रहेका कारण उहाँले महाधिवेशनमा सहभागिता जनाउन सक्नुभएको छैन । उहाँलाई माओवादी केन्द्रको आगामी महासचिवको रुपमा हेरिएको थियो ।
टिप्पणीहरू