भारतीयहरु पेस्तोल बोकेर सुनसरीको होटलमा

भारतीयहरु पेस्तोल बोकेर सुनसरीको होटलमा

पेस्तोल बोकेर हिँडेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार अररिया, बासमटियाका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षका हासिम अन्सारी हुन् । उनीहरु दुबैलाई दुई थान पेस्तोलसहित सुनसरीको कोशी गाउँपालिका १ मा रहेको बी.एस. होटलबाट पक्राउ गरिएको हो ।

उनीहरु बसेको कोठा खानतलासी गर्दा होटलको बेडमुनी लुकाइएको अवस्थामा पेस्तोल दुई थान, म्याग्जिन चार थान, ७ दशमलब ६५ एमएम गोली तीन राउण्ड बरामद भएको हो । निजहरुबाट मोबाइल १ थान, बीआर ५० के ०१४९ नम्बरको मोटरसाइकल र भारतीय रुपैयाँ दुई हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

दुबै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, सुनसरीले थप अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू