मध्यपुसमा जताततै वर्षा, भोलिदेखि घाम लाग्ने
मध्य पुसमा मुलुकभर पानी परेको छ । उच्च भेगमा हिउँ परेकाले मुलुकभर चिसो बढेको छ ।
हिजो बेलुकीदेखि काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको छ भने सिमरामा १३ मिलिमिटर पानी परेको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बनेपछि देशभर वर्षा भएको हो । उच्च पहाडी र हिमाली भेगसँगै काठमाडौं वरिपरिका डाँडामा पनि हिउँ परेको छ ।
पछिल्लो विवरणअनुसार दिपायलमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगञ्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा भएको छैन ।
आज दिनभर सबैतिर वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
टिप्पणीहरू