दलदलमा फसेर ५ गैंडाले प्राण त्यागे
चालु आर्थिक वर्षको साढे पाँच महिनामा दलदलमा फसेर पाँच गैडा मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गएको साउनदेखि पुसको मध्यसम्म पाँच गैंडाले त्यसरी ज्यान गुमाएका हुन् ।
त्यस्तै, उमेर पुगेर अर्थात बुढो भएर पाँच वटा, पानीमा डुबेर दुई वटा र एकअर्कासँग जुधेर चार पटाको मृत्यु भएको छ । बाघको आक्रमणमा परेर एउटा गैंडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
गत साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र गत असोज ११ मा धोवा क्षेत्रमा मृत भेटिएको गैंडा चोरी शिकारीबाट मरेको हुनसक्ने अनुमान निकुञ्जले गरेको छ । मारिएकामध्ये १० भाले र सात पोथी गैंडा रहेको बताइएको छ ।
चालु आर्थिक वर्षको पछिल्लो अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा ६३ वटा वन्यजन्तु मरेका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै गैंडा र चित्तल हुन् ।
टिप्पणीहरू