मिर्गौलाले यसरी जोगाउँछ जिन्दगी
मिर्गौला मानव शरीरको एक महत्वपूर्ण अंग हो । मूलतः मिर्गौलाले रगतबाट फोहोर सोसेर पिसाबबाट निकास दिने काम गर्छ ।
शरीरभित्र उत्पन्न पिसाब मिर्गौलाबाट नली हुँदै पिसाबथैलीमा जान्छ । शरीरमा भएको रगतलाई सफा राख्नु मिर्गौलाको सबैभन्दा महत्वपूर्ण कार्य हो ।
यदि मिर्गौलाले रगतमा भएको फोहोर निश्कासन गर्न सकेन भने ती फोहोर नै रगतमा जम्मा हुन्छ र शरीरलाई हानी पुर्याउन थाल्छ ।
फोहोरको वास्तविक निश्कासन मिर्गौलाभित्रका साना एकाइहरूबाट हुन्छ, जसलाई नेफ्रोन भनिन्छ ।
प्रत्येक मिर्गौलामा झण्डै १० लाख नेफ्रोन हुन्छन् । नेफ्रोनमा एउटा ग्लोमेरुलस हुन्छ । जुन एक सानो रक्तनली वा केशिका हुँदै पिसाव संकलन गर्ने सानो नलीसँग गाँसिएको हुन्छ । जसलाई ट्युब्युल भनिन्छ । यति महत्त्वपूर्ण अङ्गमा खरावी आयो र यसलाई जतन गरिएन भने ज्यान जान बेर लाग्दैन ।
टिप्पणीहरू