पूर्वराजा ज्ञानेन्द्र सबेरै गोकर्णमा

पूर्वराजा ज्ञानेन्द्र सबेरै गोकर्णमा

पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहान सबेरै काठमाडौंको गोकर्णेश्वर नगरपालिका पुग्नुभएको छ । उहाँ नगरपालिकाको ४ नम्बर वडामा रहेको उत्तर बाहिनी मन्दिरमा पूजापाठ गर्न त्यहाँ पुग्नुभएको हो ।

बिहान ८ बजे निर्मल निवासबाट निस्कनुभएका उहाँ साढे ८ बजे मन्दिर परिसरमा पुग्नुभएको हो । हिजोको वर्षा र हिमपातले सबैतिर चिसो बढाए पनि पूर्वराजा शाह आज पूर्वनिर्धारित कार्यक्रमअनुसार मन्दिरमा पूजापाठ गर्न जानुभएको बताइएको छ ।

टिप्पणीहरू