अरुलाई सुरक्षा दिने निकाय आफै असुरक्षित

अरुलाई सुरक्षा दिने निकाय आफै असुरक्षित

आज गुरुङ जातिको नयाँ वर्ष ल्होसार पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएकोबारे हिजो अपरान्ह एकाध घण्टाको फरकमा दुई वटा सूचना सार्वजनिक भए । दिउँसो जारी गृह मन्त्रालयका दुबै सूचनाको व्यहोरा एउटै भए पनि दस्तखत गर्नेउपसचिवको नाम भने फरक छ ।

उपसचिव बसन्त भट्टराईको नाममा जारी भएर सामाजिक सञ्जालमा छ्याप्छाप्ती भएको सार्वजनिक बिदाको सूचनापछि अपरान्ह त्यस्तै व्यहोराको पत्र अर्का उपसचिव शोभाखर रेग्मीको दस्तखतबाट सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार भट्टराईको नाममा जारी भएको भनिएको सूचना ‘फेक’ अर्थात् असत्य हो । सरकारले विभिन्न पर्व तथा अवसरमा दिने सार्वजनिक बिदाको बारेमा अघिल्लो दिन छुट्टै निर्णय गर्ने प्रचलन बसालेपछि बिदा चाहने समूहले निर्णय अगावै त्यस्तो ‘फेक’ सूचना सामाजिक सञ्जालमार्फत् फैलाउने गरेको पाइएको छ ।

आज बिदा हुने भएपछि अधिकांश कर्मचारीले भोलि शुक्रबार आधा दिन बिदा लिएर शनिबारको बिदा समेत उपयोग गर्नेगरी हिजै दिउँसोबाट कार्यक्रम बनाउन थालिसकेका थिए । यसअघि पुस ४ गते पनि योमरी पुन्ही तथा धान्य पूर्णिमाका दिन पनि सरकारले बिदा दिने वा नदिने भन्ने आशंका भइरहँदा १ गते बिहीबारदेखि नै कर्मचारी वृत्तले निकै हल्ला चलाएको थियो ।

त्यो बेला पनि आइतबार बिदा दिने निर्णय गरेपछि धेरैजसो दुई दिनको बिदाको सदुपयोग गर्दै राजधानीबाट बाहिरिएका थिए । बाहिरका भने केही काम विशेषले काठमाडौं आए ।

जबकि सरकारले हरेक नयाँ वर्ष अगावै वार्षिक बिदाको सूची सार्वजनिक गर्ने प्रचलन छ । उक्त सूचीअनुसार यो वर्ष पनि यस्ता पर्वमा सम्बन्धित धर्मावलम्वीहरुले सार्वजनिक बिदा पाउने व्यवस्था छ । तर, अन्यले समेत बिदाको निम्ति आश गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।

टिप्पणीहरू