धुलिखेलका सबै विद्यालय बन्द

धुलिखेलका सबै विद्यालय बन्द

चिसो बढेको भन्दै धुलिखेलका सबै विद्यालय बन्द गरिएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाले चिसो एकाएक बढेपछि धुलिखेल नगरपालिकाले आजबाट एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

चिसोबाट बालबालिकालाई जोगाउन नगरपालिकाले उक्त निर्णय गरेको बताइएको छ । चिसोले विद्यार्थीमा अन्य स्वास्थ्य समस्या उत्पन्न हुने देखिएपछि पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको नगरपालिकाले जनाएको हो ।

नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको छ ।

टिप्पणीहरू