र्‍यापर ‘लाउरे’ ब्राउन सुगरसहित प्रहरी खोरमा

र्‍यापर ‘लाउरे’ ब्राउन सुगरसहित प्रहरी खोरमा

र्‍यापर आशिष राना ‘लाउरे’ प्रहरी हिरासतमा पुगेका छन् । पोखरामा हिजो राति ब्राउन सुगर सेवन गरेको आरोपमा उनलाई प्रहरीले पक्रेको हो ।

प्रहरीका अनुसार ब्राउनसुगर सेवन गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीको दाबी छ ।

उनलाई लागुऔषध अभियोगमा पक्राउ गरिएको छ । उनीसँगै अरू चार जना अरु पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय भने गोप्य राखेको छ ।

पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको छ । लाउरे हिमालयन रोडिजका निर्णायक समेत हुन् ।

टिप्पणीहरू